नियम २१
अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरण
(१) यस परिच्छेद बमोजिम
प्राप्त गरेको अनुज्ञापत्र प्रत्येक वर्ष आषाढ मसान्तसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम अनुज्ञापत्र बहाल रहने अवधि समाप्त
भएको मितिले पैंतीस दिनभित्र अर्को आर्थिक वर्षको निमित्त अनुज्ञापत्र दिने
अधिकारीबाट अनुज्ञापत्रको नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नवीकरणको लागि दरखास्त दिने व्यक्तिले
अनुज्ञापत्रको निमित्त बीस रुपैयाँ नवीकरण दस्तूर बुझाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले अनुज्ञापत्रको
नवीकरणको लागि दरखास्त दिन आएमा अनुज्ञापत्र दिने अधिकारीले उपनियम
(३) बमोजिम लाग्ने दस्तूरमा देहाय बमोजिमको थप दस्तूर लिई नवीकरण गर्न
सक्नेछ ः–
(क) उपनियम (२) बमोजिमको म्याद नाघेपछि सोही आर्थिक
वर्षको आश्विन मसान्तसम्मको लागि पाँच रुपैयाँ ।
(ख) खण्ड (क) को म्याद नाघेपछि सोही आर्थिक वर्षको
अन्तसम्मको लागि दश रुपैयाँ ।